खुर्सानी पनि भारतीय बजारबाट अत्याधिक नेपाल भित्रिने एक तरकारी तथा मसला जन्य वस्तु हो । यसको आयातलाई न्यून गर्नको लागि पनि कौसी खेती गर्न आवश्यक छ । नेपालीको भान्सामा हरेक छाक प्रयोगमा आउने तथा भोज एवं वनभोज कार्यक्रममा समेत यसको प्रयोग हुन्छ । विवाह पार्टीहरुमा त यसको प्रयोग बोराका बोरा गरिन्छ । यदि प्रत्येक कौसीमा यसरी खेती गर्ने होे भने आफ्नो आत्मनिर्भरता पूरा गर्न सकिन्छ ।

खुर्सानी गर्मी समयमा हुने बाली हो । यसैले यसको खेती मध्य पहाड तथा तराईमा खेती गर्ने हो । तर कौसी खेतीको लागि भने फागुनबाट शुरु गर्न सकिन्छ । यसको नर्सरी तयार गर्न जाडो याममा टनेल घरमा गर्नु पर्ने हुन्छ तर गमलामा रोपिने हुनाले नर्सरी गरि रहन आवश्यक पर्दैन ।

लगाउने समय

फागुन–चैत्र–वैशाख–जेठ सम्म काठमाडौँ उपत्यकामा साउन–भदौ–असोज–पुष–माघ तराईमा १४ सय मिटर सम्मको उचाई भन्दा तल ५ मिटरसम्ममा पनि माघ देखि वैशाख सम्ममा यसको खेती गर्न सकिन्छ ।

जातहरु

सुर्यमुखी, एन एस ११०१, आकाश, नामदारी १७०१ लगायत बजारमा उपलब्ध बीउहरु स्थानीय जातहरु पनि लगाउन सकिन्छ ।

आवश्यक सामाग्री

– आफ्नो कौसीमा अट्ने गमला संख्या १० वटा
– मल १० वटा गमलाको लागि ४ बोरा
– माटो १० वटा गमलाको लागि ५ बोरा
– वालुवा १० वटा गमलाको लागि ३ बोरा
– विरुवा १० वटा गमलाको लागि १० बोट
– पानी आवश्यकता अनुसार

खेती गर्ने तरिका

नर्सरी उत्पादन गरिरहन आवश्यक छैन यदि तपाईको नजिकमा नर्सरी उत्पादन छ भने त्यहीबाट विरुवा ल्याउन सकिन्छ । हैन भने गमलामा आफैँले विरुवा तयारी गर्न सकिन्छ । त्यसरी तयार भएको विरुवालाई मल, माटो र वालुवा मिसाएर गमलामा राख्ने भर्ने र सम्म बनाउने त्यसमा पानी दिने त्यसको ४÷५ दिनपछि मात्र खुर्सानीको विरुवा रोप्ने । विरुवा रोपेपछि पानी दिने र बेला बेलामा पानी दिने गर्नु पर्दछ । एउटा गमलामा १ बोट मात्र रोप्ने ।

बाली संरक्षण

यसलाई थाक्रा आवश्यक पर्दैन । गमलामा उम्रेको झार उखेलिदिने र बेला बेला १० देखि १५ दिनको फरकमा हल्का गोडमेल गर्ने । गोडमेल पछि पानी दिने तर पानी जम्न दिनु हुँदैन ।

रासायनिक मल र विषादी

किरा देखा परेमा हातैले मार्ने रोग लागेमा पनि विषादी नचलाउने । यदि बोट पुरै मर्न लागेमा उखेलेर जलाउने त्यो गमलामा खुर्सानीको बोट नलगाउने त्यो गमलामा सिमी, काउली, बन्दा, मकैको खेती गर्न मिल्छ ।