काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेस गरेको निवेदनमा त्रुटि भएको जनाउँदै फिर्ता लगेका छन्। १५ औँ महाधिवेशन रोक्न माग गर्दै देउवाले शुक्रबार दिउँसो वारेसमार्फत रिट पेस गरेका थिए। उक्त रिट अदालतमा अध्ययनकै क्रममा रहेको थियो ।
त्रुटी भएको खण्डमा निवेदकले फिर्ता लिन सक्ने व्यवस्था छ । सच्याएर ल्याउँछौँ भन्दै फिर्ता लिएर गएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले बताए। गगन थापा नेतृत्वले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै प्रक्रिया समेत सुरु गरिसकेको छ । संस्थापन इतर पक्षको हालै सम्पन्न भेलाले देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । सर्वोच्चबाट अन्तिम फैसला नहुँदासम्म दुबैपक्षलाई नेतृत्वको आश जागेको छ ।
कांग्रेसको आधिकारिकता गगन थापालाई दिने फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले निशा दिएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ ।उक्त फैसला पुनरावलोकनका लागि देउवा र खड्काले निवेदन दिएपछि सर्वोच्चले निस्सा दिएको छ। निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई कांग्रेसको आधिकारिकता प्रदान गरेपछि सर्वोच्चले पनि त्यसैलाई सदर गरेको थियो ।
यसैबीच,नेता डा. शशांक कोइरालाले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले १५औं अधिवेशनहरूमा सहभागी नहुन अपिल गरेका छन्।
शुक्रबार संस्थापन इतर पक्षका नेताहरूको छलफलपछि डा. कोइरालाले प्रेस विज्ञप्ति जारी गरी त्यस्तो अपिल गरेका हुन् ।


0 comment