काठमाडौं - राप्रपाले बाग्मती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्कासित गरेको छ। पार्टीको निर्देशन बमोजिम नचलेको भन्दै अध्यक्ष राजेन्द्र लिङदेनले थापालाई कारबाही गरेको हो।

थापाले एमाले र नेकपाको सरकारलाई समर्थन गर्दै किरण थापालाई मतदान गरेका थिए। राप्रपाले समर्थन फिर्ता लिन गरेको आग्रहलाई उनले अस्वीकार गरेपछि कारबाहीमा परेका हुन् । अब सरकारमा सहभागी हुने पार्टीका अन्य सदस्यलाई पनि कारबाही गर्ने राप्रपाले जनाएको छ ।