काठमाडौँ : प्रहरीले धनुषाको ढल्केबरमा गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरू २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साहु रहेकाछन् । आरोपीहरूको साथबाट प्रहरीले ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
शुक्रबार ढल्केबरबाट जनकपुर जाने सडकमा प्रहरीसँग जम्काभेट भएपछि भाग्न लागेका कारोबारीलाई पक्राउ गर्न एक राउण्ड हवाई फायर गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रबक्ता दुर्गाराज रेग्मीले बताउनु भयो ।


0 comment