झापा:जिल्ला झापाको दमक नगरपालिका-१ सिरपाली चोकमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्।

 ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा झैँ–झगडा भएको थियो। सो क्रममा धनबहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गर्दा उनको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो।

घटनापछि धनबहादुर घरकै अर्को कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए। गम्भीर अवस्थामा रहेका दुवैलाई उपचारका लागि दमक अस्पताल पुर्‍याउनासाथ चिकित्सकले  मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले जानकारी दिनु भयो ।झापा:जिल्ला झापाको दमक नगरपालिका-१ सिरपाली चोकमा श्रीमान्–श्रीमतीबीच भएको विवादमा श्रीमानले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्।

 ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबीच सामान्य विवाद हुँदा झैँ–झगडा भएको थियो। सो क्रममा धनबहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गर्दा उनको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो।

घटनापछि धनबहादुर घरकै अर्को कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए। गम्भीर अवस्थामा रहेका दुवैलाई उपचारका लागि दमक अस्पताल पुर्‍याउनासाथ चिकित्सकले  मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले जानकारी दिनु भयो ।