काठमाडौं - बारामा सोमबार राति मिनीट्रक अनियन्त्रित भई घरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका-४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै ट्रकमा सवार जीतपुर सिमरा उपमहानगरपालिका-८ इमलीप्रतिका ४० वर्षीय शिवनारायण पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली टाटा मिनी ट्रक अनियन्त्रित भई स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा सोही ठाउँका ५० वर्षीय देव नारायण चौधरी घाइते भएका छन् । उनको टाउको, दुवै हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ। घलेका अनुसार दुर्घटनालगत्तै दुबै घाइतेलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारका क्रममा पासवानको मृत्यु भएको हो।
प्रहरीले मिनी ट्रक चालक रौतहटको गुजरा नगरपालिका-९ सिमरा भवानीपुर बस्ने २७ वर्षीय राजुकुमार चौधरीलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबाट घरको एकतर्फको पर्खालमा क्षति पुगेको छ ।


0 comment