काठमाडौं - अघिल्लो दिन ३.०३ अंकले ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज ६४.७८ अंकले बढेर २१२५.८४ विन्दुमा पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १४.०९ अंकले बढेर ४०८.७२ विन्दुमा पुगेको छ ।
आज २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँमा खरिद/बिक्री भयो।
आज कारोबारमा आएका १३ वटै समूहको सूचक उकालो लाग्यो।
ट्रेडिङ समूहको सर्वाधिक ९.७४ प्रतिशतले सूचक बढ्यो। माइक्रो फाइनान्स, मनु एन्ड प्रो र इन्भेस्टमेन्ट समूहको सूचक ५ प्रतिशत बढिले उकालो लाग्यो। डेभलपमेन्ट बैंक, फाइनान्स र हाइड्रो पावर समूहको सूचक ४ प्रतिशत बढिले बढ्यो।
आज दर्जन बढि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा आज हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहयो। हिमालयन डिस्टिलरीको आज ११ करोड ५२ लाख बढिको सेयर खरिद/बिक्री भयो।
0 comment