काठमाडौं - नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। आज सुन प्रतितोला ९०० र प्रतितोला चाँदी २० रुपैयाँले घटेको छ।

नेपाल सुन - चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार एक तोला सुनको मूल्य २ लाख ९० हजार ३०० पुगेको थियो।

महासंघका अनुसार आज प्रतितोला चाँदीको ४ हजार ५८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार चाँदी तोलाको ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो।