काठमाडौं - बिहीबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। यसदिन सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६ हजार २०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला सुन २ लाख ७७ हजार ३०० पुगेको थियो। सो दिन सुनको भाउ ६०० रुपैयाँले घटेको थियो। 

यसैगरी चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन बुधबार सोही परिमाणको चाँदी ४ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।