बर्दिया:जिल्ला बर्दिया गुलरिया नगरपालिका ८ बाट अफिम कारोबारमा संलग्न ३ जना १ किलो ९२६ ग्राम अफिमसहित पक्राउ परेका छन ।
पक्राउ पर्नेहरूमा जाजरकोट बारेकोट गाउँपालिका–४ का ४६ वर्षीय यनबहादुर रावत, सोही स्थानका ४२ वर्षीय लोकेन्द्रबहादुर रोकाय तथा रोल्पा गंगादेवी गाउँपालिका–६ का ४८ वर्षीय केश सिंह केसी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त परिमाणको अफिम सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट भे ९ प ६२९६ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ ।


0 comment