रोल्पामा दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार थवाङ गाउँपालिका–४ थर्पुका धनप्रसाद पुनलाई एकै घरका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।
पुनमाथि १५ वर्षीया बालिका र उनकी ११ वर्षीया बहिनीमाथि यौन हिंसा गरेको आरोप लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।


0 comment