काठमाडौं - प्रहरीले नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगर बस्ने ४५ वर्षीया बबिता थापालाई नेपाली ५ सय दरको १९ थान नक्कली नोटसहित शुक्रबार राति पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।