रुपन्देही:बिमा दावी गरेर करोडौं रकम पाइने लोभले बुटवलमा सुन पसलेले आफ्नै पसलमा चोरी गराएको खुलेको छ। बुटवल उपमहानगरपालिका–५, अमरपथस्थित ‘तिनाउ सुनचाँदी पसल’का सञ्चालक दीपक बिकले आफ्नै पसलमा चोरी गराएको खुलेको हो।
उनले कर्मचारी नवीन बिकसँग मिलेर आफ्नै पसलमा चोरीको योजना बनाएको खुलेको प्रहरीले जनाएको छ।
जेठ १७ गते दीपकले आफू पसलमा नभएको बेला पसलमा चोरी भएको उजुरी प्रहरीमा दिएका थिए। पसलबाट १ करोड ४६ लाख १४ हजार ७ सय रुपैयाँ बराबरका सुनचाँदीका गहना चो#री भएको उनको दावी थियो।
उनले प्रहरीलाई पसलको सिसिटिभी प्रणालीसमेत बिग्रिएको बताएका थिए। उनको उजुरी पछि अनुसन्धानमा जुटेको प्रहरीले बिमाको रकमका लागि दीपकले कामदार नवीनसँग मिलेर आफ्नै पसलमा चोरी भएको जस्तो घटना आफैं शिर्जना गरेको पत्ता लगायो थियो ।


0 comment