काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागेसम्म संसद अरोध जारी राख्ने विपक्षी दलहरूले निर्णय गरेको छन्।

सोमबार बिहान कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले आइतबार प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिमा माफी माग्नुपर्ने निर्णय गरेको हो।

नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर गर्दै विपक्षी दलहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने अडान लिने निर्णय गरेको जानकारी दिए। 

प्रधानमन्त्री शाहले नेपालले पनि भारतका विभिन्न ठाउँमा भूमि मिचेको बताएपछि त्यसको विरोध भइरहेको छ। बैठकमा कांग्रेससहित, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाका नेताहरू सहभागी थिए।