मोरङ :मोरङमा नक्कली सुन देखाएर ठगी गर्दै आएको गिरोहका मूख्य योजनाकारलाई प्रहरीले नियन्त्रमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएकामा झापा कनकाई-८ घैलाडुब्बाका ६१ वर्षीय धकलबहादुर थिङ रहेका छन् ।

गत वैशाख २ गते ७८ वर्षीया सावित्रादेवी घिमिरे पथरीशनिश्चरेमा रहेको छोरीको घरबाट आफ्नो घर बेलबारी फर्किने क्रममा थिइन्। बेलबारीमा ओर्लिएपछि उनको भेट दुई व्यक्तिसँग भयो।

ती दुई व्यक्तिले सावित्रादेवीलाई सुन जस्तो देखिन धातुको बिस्कुट देखाउँदै 'सुन पसल कहाँ छ?' भनेर प्रश्न गरे। कुरा गर्दै उनीहरुले सावित्रादेवीलाई एकान्त ठाउँमा पुर्याए।

उनीहरुले धातुको बिस्कुट किन्न पहिला सावित्रादेवीलाई आग्रह गरे। नमाने पछि दबाब दिए र त्यति गर्दा पनि नमाने पछि उनको गलामा रहेको १ तोला ६ आनाको सक्कली सुनको सिक्री जबरजस्ती लुटेर टाप कसे।

घटना पछि अनुसन्धानमा जुटेको प्रहरीले सिसिटिभी फुटेजका आधारमा थिङलाई जेठ ६ गते झापास्थित उनकै घरबाट नियन्त्रणमा लियो।

अनुसन्धानका क्रममा उनले यस अगाडी चैत ८ गते बेलबारीकै ६२ वर्षीया धनीमाया तामाङको कानको बेरुवा रिङ लुटेको खुलेको छ।न बेच्नु छ, पसल कहाँ छ ?' भन्ने ६१ वर्षका धकलबहादुर नै निस्किए लुटेरा, लुट्ने तरिका सुन्दा प्रहरी समेत चकित !

मोरङमा नक्कली सुन देखाएर ठगी गर्दै आएको गिरोहका मूख्य योजनाकारलाई प्रहरीले नियन्त्रमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएकामा झापा कनकाई-८ घैलाडुब्बाका ६१ वर्षीय धकलबहादुर थिङ रहेका छन् ।

गत वैशाख २ गते ७८ वर्षीया सावित्रादेवी घिमिरे पथरीशनिश्चरेमा रहेको छोरीको घरबाट आफ्नो घर बेलबारी फर्किने क्रममा थिइन्। बेलबारीमा ओर्लिएपछि उनको भेट दुई व्यक्तिसँग भयो।

ती दुई व्यक्तिले सावित्रादेवीलाई सुन जस्तो देखिन धातुको बिस्कुट देखाउँदै 'सुन पसल कहाँ छ?' भनेर प्रश्न गरे। कुरा गर्दै उनीहरुले सावित्रादेवीलाई एकान्त ठाउँमा पुर्याए।

उनीहरुले धातुको बिस्कुट किन्न पहिला सावित्रादेवीलाई आग्रह गरे। नमाने पछि दबाब दिए र त्यति गर्दा पनि नमाने पछि उनको गलामा रहेको १ तोला ६ आनाको सक्कली सुनको सिक्री जबरजस्ती लुटेर टाप कसे।

घटना पछि अनुसन्धानमा जुटेको प्रहरीले सिसिटिभी फुटेजका आधारमा थिङलाई जेठ ६ गते झापास्थित उनकै घरबाट नियन्त्रणमा लियो।

अनुसन्धानका क्रममा उनले यस अगाडी चैत ८ गते बेलबारीकै ६२ वर्षीया धनीमाया तामाङको कानको बेरुवा रिङ लुटेको खुलेको छ।