काठमाडौं - नेपालमा युवामाझ बढ्दो राजनीतिक निराशा, भ्रष्टाचारप्रति आक्रोश र meme culture को प्रभावबीच “खरानी पार्टी नेपाल” नामक व्यङ्ग्यात्मक राजनीतिक अभियान सार्वजनिक गरिएको छ।

“खरानीबाट, जनताका लागि” भन्ने नारासहित सार्वजनिक गरिएको यो अभियानले सामाजिक सञ्जालमा छोटो समयमै व्यापक चर्चा पाएको छ। पार्टीले आफूलाई परम्परागत राजनीतिक दल नभई “व्यवस्थाप्रतिको चेतावनी र युवाको व्यङ्ग्यात्मक प्रतिरोध” का रूपमा प्रस्तुत गरेको छ।

पार्टीको सार्वजनिक दस्तावेजमा भ्रष्टाचार, झुटा आश्वासन, राजनीतिक वंशवाद, प्रचारमुखी राजनीति तथा युवाको बेरोजगारीजस्ता विषयलाई मुख्य एजेन्डा बनाइएको छ।

खरानी पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा “७ मिनेटभन्दा लामो भाषण गर्ने नेताको mic स्वतः mute हुने”, “संसदमा हानाहान भए livestream टिकट बिक्री गरिने”, तथा “भ्रष्टाचार trend भए स्वतः अनुसन्धान सुरु हुने” जस्ता व्यङ्ग्यात्मक प्रस्तावहरू समावेश छन्।

सामाजिक सञ्जालमा पार्टीका पोस्टर, लोगो तथा meme शैलीका प्रचार सामग्री तीव्र रूपमा फैलिरहेका छन्। विशेषगरी Gen Z पुस्तामाझ यसलाई “political satire movement” का रूपमा हेरिएको छ।

खरानी पार्टी नेपालले भने आफूहरूको उद्देश्य “जनतालाई हँसाउनु मात्र नभई सोच्न बाध्य बनाउनु” रहेको जनाएको छ।