पर्सा:जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.३२ चोर्नी टोल स्थित गहु बारीमा बाली हेर्न जाने क्रममा सोही ठेगानामा बस्ने वर्ष २८ की मुनती देवी समेतले जाहेरवालीलाई बाटो छेकी झुक्यानमा पारी एकछिन काम छ भनी घर लगेका थिए। 

 आफ्नो घर आँगनमा लगि मलाई किन भुत प्रेत लगाइ बिरामी पारेको भनी गालीगलौज तथा चप्पलले कुटपिट गरेको भनी समेत व्यहोराको जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ३२ चोर्नी बस्ने वर्ष ७२ की कोशिलिया अहिरिनले दिएको जाहेरी दरखास्तको आधारमा सो कार्यमा संलग्न ब्यक्तिहरुलाइ पक्राउ गरेको हो। 
पक्राउ पर्नेहरुमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.३२ चोर्नी बस्ने वर्ष ३८ की पिंकी देवी ,वर्ष ४४ की पानामति देवी,वर्ष ५४ की शान्ति देवी धानुक रहेका छन।

 जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघरमा घुमफिर गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजहरूलाई नियन्त्रणमा लिइ बोक्सीको आरोप कसूर र सजाय ऐन, २०७२ अनुसार सम्मानित पर्सा जिल्ला अदालतबाट दिन- ७  म्याद थप लिइ आवश्यक अनुसन्धान कार्य भैरहेको  जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता हरि बहादुर बस्नेतले जानकारी दिनु भयो।