काठमाडौं - वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको ब्याजदर सामान्य घटाएका छन् ।  बैंकहरुले सार्वजनिक गरेको ब्याजदरअनुसार वैशाखको तुलनामा निक्षेपको औसत ब्याजदर केही घटेको हो । 

जेठका लागि ७ वटा बैंकले मुद्दती निक्षेपको ४ वटाले साधारण निक्षेपको ब्याजदर घटाएका छन् । १५ बैंकले साधारणको र १२ बैंकले मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।

त्यसो त बैंकहरुले जेठका लागि साधारण बचतको औसत अधिकतम ब्याजदर ३.११५ प्रतिशत कायम गरेका छन्  । एक वर्षे व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.३४३ प्रतिशत छ । वैशाखमा यस्तो ब्याजदर ४.३९५ प्रतिशत थियो । सिद्धार्थ बैंकले भने साधारण र मुद्दती दुबै निक्षेपको ब्याजदर बढाएको छ ।