काठमाडौं - अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। पाणिनी-८ को कुरुलेफाँट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका-१९ की ७८ वर्षीया राममाया बस्नेत,  सोही ठाउँकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका-५ की ५० वर्षीया कौशिला रेग्मी र सोही ठाउँका बस चालक ४५ वर्षीय रमेश जिसी रहेको र्घाखाँचीका प्रहरी प्रमुख डीएसपी दिवसबहादुर जिसीले बताए ।

घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ। सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध १ ख ५०४ नम्बरको बस आज दिउँसो दुर्घटनामा परेको हो । बस सडकबाट करिब १०० मिटर तल खसेको छ । ब्रेक फेल भएर सो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।