काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहता सोमबार वीर अस्पतालमा आयोजित सरसफाइ कार्यक्रममा सहभागी भएकी छन् ।
सरकारले आजदेखि शुरूवात गरेको ‘राष्ट्रिय सरसफाइ सप्ताह’ को शुभारम्भ गरेकी हुन् । सरकारले आजदेखि जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयहरूमा यो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन सुरु हुँदैछ ।
सरकारले आजदेखि जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ ।


0 comment