काठमाडौं - पशुपतिनाथ मन्दिर नजिक जंगलमा ग्रिनेड बम भेटिएको छ । पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेको राम मन्दिरभन्दा माथिको जंगलमा भेटिएको ग्रिनेड बम नेपाली सेना निकालेको छ।

नेपाली सेनाको डिस्पोजल टोलीले बमलाई निकालेर परीक्षणका लागि लगेको छ। ग्रिनेड बम जस्तो तीनवटा बस्तु भेटिएको छ ।काठमाडौँ प्रहरी परिसरकार डिएसपी कौशल बुढाथोकीले त्यसलाई परीक्षणका लागि सेनाले लगेको जानकारी दिए। बममा खिया लागिसकेको हुँदा त्यसलाई पहिले नै राखेको जस्तो देखिन्छ।

कतिपयले सामाजिक सञ्जालमा सुकुम्वासी बस्तीमा बम भेटिएको गलत सूचना फैलाएको भन्दै त्यस्तो नगर्न उनले आग्रह गरेका छन् ।

उनले सुकुम्वासी बस्तीभन्दा माथि जंगलमा बम भेटिएको स्पष्ट पारे ।