काठमाडौं - दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११:५५ मा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको धक्का स्थानीय बासिन्दाले पनि महसुस गरेका थिए। केही दिन यता पश्चिम नेपालमा पटक पटक भूकम्पको धक्का महसुस भएको छ ।


0 comment