काठमाडौं —क्षेत्री समाज राष्ट्रिय महासंघको सातौ अधिवेसनको उदघाटन समारोह भव्यताका साथ सम्पन्न भएको छ । पूर्व प्रधानन्यायधिस प्रकास मान सिहं राउतको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न बौद्धिक व्यक्तित्वहरु पूर्व मन्त्री, न्यायधिवक्ता, सांसद अधिवक्ता वकिल समाजसेवी, पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले क्षेत्रीहरुको सभ्याता र इतिहासलाई गहिरो खोज र अध्ययन गर्न आवश्यक रहेको बताउनु भएको थियो । क्षेत्रीहरुको उत्पत्ती खस आर्यको मुख्य सवालाई राष्ट्रिय रुपमा उठान गर्न आजको आवश्यकता हो उहाँले भन्नु भयो । त्यसैगरी कार्यक्रममा प्रमुख वक्ता पूर्व प्रधानन्यायधिस प्रकासमान सिंह राउतले क्षेत्रीहरुको विकास अध्ययनको सवालमा यो समाजले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । मुलुकमा अहिले अराजकता नकरात्मकता एक अर्कालाई खिसी गर्ने गलत भ्रमक कुराहरुतिर एकोहोरिने गरीकन ठूलो सामाजिक भिड त्यतातिर जादैछ यसलाई सही मार्गमा ल्याउन सवैको दायित्व र जिम्मेवारी उत्तिकै हुने कुरा पनि बताउनु भएको थियो ।
कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना मनतव्य राख्नु भएको थियो । शुभकामना मन्तव्य राख्नेमा पूर्व मन्त्री, पूर्व सांसद महान्यायधिवक्ता अभिवक्ता वकिलक समाजसेवी लगायतका व्यक्तीत्वहरु हुनुहुन्थ्यो । कार्यक्रममा खस आर्यलाई जातीगत सुचीमा राखी जातको आधारमा दिइदै आएको जातीगत आरक्षण तत्काल खारेज हुनुपर्ने माग समेत उठान गरिएको थियो । क्षेत्री समाजले सातौ महाधिवेसनबाट सशक्त नयाँ टिम आउने र त्यसले समग्र क्षेत्रीहरुको हक र अधिकारका लागि काम गर्ने विश्वास पनि रहेको आयोजक टिमले विशाल नेपाल अनलाइनलाई बतायो । समाजले विभिन्न क्षेत्रमा रहेर योगदान गर्नेहरुलाई प्रमाणपत्रसहित सम्मान समेत गरेको थियो । क्षेत्री समाजले क्षेत्रीहरुको विकास र अधिकारका लागि योगदान दिनुहुने हरुलाई सधै सम्मान गर्ने गरिएको समाजका अध्यक्ष विष्णु बहादुर खड्काले बताउनु भयो ।



0 comment