काठमाडौं - प्रधानन्यायाधीश सिफारिसमा वरीयता मिचिएको भन्दै सर्वोच्चमा रिट दायर भएको छ ।
संवैधानिक परिषदले चौथो वरीयतामा रहेको न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको भन्दै शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।
प्रधान न्यायाधीश सिफारिस प्रथम दृष्टि मै संविधानको आधारभूत परिकल्पना विपरीत रहेको जनाउँदै पहिलो वरीयतालाई सिफारिस गर्नु भनी परमादेशको माग गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले रिट पेस गरेका हुन् ।


0 comment