काठमाडौं - सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो।

उनी फरार हुने अवस्था नभएकाले सर्वोच्चले धरौटीमा छाड्न भनेको हो। धरौटीमा बुझाउ नसके मात्रै हिरासतमा राख्न भनेको छ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा उनलाई गत वैशाख १० गते नक्साल क्षेत्रबाट पक्राउ गरिएको थियो ।