काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्। यो तेस्रो अध्यादेश हो।
यसअघि शुक्रबार राष्ट्रपति पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए।
आठ वटा अध्यादेश मध्ये अझै राष्ट्रपतिको कार्यालयमा पाँच वटा अध्यादेश अध्ययनकै क्रममा रहेका छन् ।


0 comment