काठमाडौं- सरकारले आज नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । सरकारले सबै सुकुम्बासी वस्तीमा एकैसाथ डोजर चलाउने भने तापनि बल्खु र वंशीघाट क्षेत्रमा डोजर लाएको हो । बालाजुको सुकुम्वासी वस्तीमा भने बासीन्दाहरु आफैले टहरो धमाधम भत्काउदै वस्ती खाली गरिराखेका छन । बालेन सरकारले अवैध रुपमा सरकारी जग्गा कब्जा गरी संरचना बनाएर बसालीएका वस्तीहरुलाई हटाउने अभियान चलाइरहेको छ । वस्तीमा वसेका वास्तविक सुकुम्वासीलाई सरकारले विभिन्न ठाउमा आश्रय दिएर राखेको छ ।

उनीहरुलाई पहिचान गरी साच्चै सुकुम्वासीहरुलाई सरकारले वस्ने व्यवस्था गर्ने भनेको छ । बालेन्द्र शाह काठमाडौं महानगरपालिकका मेयर हुँदा नदी किनारका वस्ती हटाउने जमर्को गरे पनि असफल भएका थिए । अहिले प्रधानमन्त्री भएपछि पुन त्यो अभियानलाई शाहले अगाडी बढाएका हुन ।

नदी किनार लगायत सरकारी जग्गा हडपेर बसेका बसालीएका सबै वस्ती बालेन सरकारले हटाउने र वास्तविक जग्गाविहिन घरविहिनहरुलाई सरकारले संरक्षण दिने भनेको छ । वालेनको यो अभियानलाई अन्य राजनीतिक दलहरुले विरोध गरिरहेका छन भने कतिपयले राम्रो काम पनि भनिरहेका छन । सुकुम्वासी वस्तीबाट सामग्री सार्दै त्यहाका वासीन्दाले वालनप्रति चित्त दुखाएका छन भने केही वासीन्दाले वास्तविक भुमिहिनलाई सरकारले अनदेखा नगरोस भनिरहेका छन ।