काठमाडौं - रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो भिरबाट खसेर दुर्घटना भएको हो ।

अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । जलजलामा वैशाख पूर्णिमाको अवसरमा ठुलो मेला लाग्ने हुँदा त्यहाँ जानेहरु नै जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।