काठमाडौं - भृकुटीमण्डपमा वर्षौं भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। समाज कल्याण परिषदअन्तगर्त रहेको भृकुटीमण्डपस्थित ती पसल र संस्थाको कार्यालयमा ताला लगाइएको हो ।

५६ वटा भाडा नतिर्ने सटलमध्ये २० वटामा समाज कल्याण परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरिएको छ । ताला लाग्नेमा रिपोर्टस क्लबदेखि अन्य विभिन्न संस्थाका कार्यालय छन् । राजनीतिक दबाब र पहुँचको भरमा अधिकाशंले भाडा नतिर्ने गरेको बताइएको छ ।