काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सोमबार उनको पत्थरीको शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि ओलीलाई आईसीयूमा राखेर उपचार गरिएको छ ।

ओलीको सचिवालयका अनुसार २२ एमएमको 'स्टोन' निकालिएको छ ।  सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि स्वास्थ्यमा समस्या आएपछि उनी शिक्षण अस्पतालमा बस्दै आएका थिए । जेन-जी आन्दोलनमा मानवीय क्षति हुनुमा तत्कालीन प्रधानमन्त्री ओली जिम्मेवार भएको भन्दै भदौ १४ मा प्रहरीले पक्राउ गरेको थियो ।