काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। ​नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार, उनीहरूको शपथ ग्रहण आजै हुनेछ । यद्यपि राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय तय भइनसकेको जानकारी दिएको छ । श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दीपक साहलाई प्रधानमन्त्री शाहले हिजो पदमुक्त गरेका थिए ।