काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भेपमा सुन तस्करी गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। महरा र उनका छोरा राहुलको चिनियाँ गिरोहसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
भेपको आवरणमा सुन भित्राउन खोजेका चिनियाँ नागरिक पक्राउ परेपछि त्यसको अनुसन्धान गर्दै जाँदा महरा र उनका छोरा राहुल लगायतको संलग्नता भेटिएको थियो ।

0 comment