महान्यायाधीवक्तामा अधिवक्ता डा. नारायण कँडेल नियुक्त भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । 

सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्ताको भूमिका रहने गरेको छ ।  बागलुङबाट पत्रकारिता थालेका कँडेलले २०४९ सालदेखि पूर्णकालिकन रुपमा पत्रकारिता सुरु गरेका थिए।

२०६० सालमा नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएसँगै उनको व्यावसायिक कानुनी यात्रा औपचारिक रूपमा सुरु भएको थियो । उनी पछिल्लो समय रास्वपा सभापति रवि लामिछानेको निजी कानुन व्यवसायी रहदै आएका थिए । कँडेलले बेलायतको क्विन्स युनिभर्सिटीबाट कानुनमै विद्यावारिधि गरेका छन् ।