काठमाडौं - सरकारी कार्यालय अब बिहान ९ देखि अपराह्न ५ बजेसम्म खुला रहने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयको समय परिवर्तन गरेको हो ।

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै कार्यालयम समय पनि परिवर्तन गरेको हो।  यसअघि कार्यालय समय बिहान १० देखि ५ बजेसम्म कायम रहेको थियो ।

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्याका कारण खपत घटाउन सरकारले परीक्षणका रूपमा यो मोडेल अपनाएको हो।