काठमाडौं - सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई दिन बिदा दिने निर्णय गरेको हो।
भोलिदेखि नै लागू हुनेगरी सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो। यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
मध्यपूर्वमा भएको द्वन्द्वका कारण पेट्रोलिय पदार्थ र ग्यासको अभाव हुन थालेपछि सरकारले यो नीति लिएको हो । सरकाले दैनिक घाटा खाएरै भए पनि इन्धन बिक्री वितरण गर्दै आएको छ । सरकारले यो निर्णयले आर्थिक घाटा कम हुने अपेक्षा गरिएको छ ।


0 comment