काठमाडौं - पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरा भत्काउन सुरू गरेको छ ।

महानगरपालिकाले आज  बिहानदेखि डोजर लगाएर फेलाताल छेउछाउका टहरा भत्काउन सुरू गरेको हो ।

३२ वटा टहराहरू डोजर लगाएर भत्काइएको महानगरले जनाएको छ । नेपाल प्रहरी सहितको सहयोगमा टहराहरू भत्काउन सुरु गरिएको हो ।

पर्यटन व्यवसायी कर्ण शाक्यको होटल वाटर फ्रन्टमा पनि डोजर चलेको छ ।

वाटर फ्रन्टको स्विमिङ पुल, गेट लगायत संरचनामा आज बिहानै प्रहरीले भत्काएको छ । गृहमन्त्रालयको निर्देशन बमोजिम आज बिहानै प्रहरी र स्थानीय सरकारसँग मिलेर डोजर अपरेसन सुरु गरेको छ ।

सर्वोच्च अदालतले पनि उक्त होटल हटाउन छुट्टै आदेश दिएको थियो । अहिले होटलको अरु संरचना भने चलाइएको छैन ।

ताल किनारबाट ६५ मिटर भित्र परेका कारण ती संरचना भत्काइएको कास्कीका प्रहरीले जनाएको छ ।  ताल किनारमा रहेका खपौंदी, सेदी लगायत क्षेत्रमा डोजर चलाइएको छ ।