ललितपुर: ललितपुर महानगरपालिकाले बातवरण प्रदुषण नियन्त्रणको लागि नेपाल मै पहिलो पटक २ वटा इलेक्ट्रीक भेहिकल परिचालन गरेको छ। आज उक्त इलेक्ट्रीक भ्यानको एक कार्यक्रमको आयोजना गरि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्नु भयो।
आफ्नो क्षेत्रमा वातावरण प्रदुषण भए नभएको निगरानी गर्ने र गरेको पाइएमा सम्बन्धित ब्यक्तिको पहिचान गरि जरिवाना गराउने काम गर्ने छ।
उक्त भेहिकल मध्य एउटा ललितपुर चक्रपथ भित्र र एउटा चक्रपथ बाहिर अनुगमन गर्ने छ।
सो कामको लागि ललितपुर महानगरपालिकाका १५ जना नगर प्रहरीलाई तालिम समेत दिइसकेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताउनु भयो भने वातावरण प्रदुषण गर्ने जो कोहिलाइ नछोड्ने र कडा भन्दा कदा कारवाही गरिने पनि बताउनु भयो।
खरिद गरिएको उक्त इलेक्ट्रीक भ्यान मुल्यअभिबृद्धि कर बाहेक प्रती भ्यान ३० लाख रुपैयाँमा खरिद गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ।
ललितपुर महानगरपालिकाको यस्तो कदमले वातावरण प्रदुषण नियन्त्रण गर्नमा सहयोग पुग्न सक्ने आशा गर्न सकिन्छ।


0 comment