काठमाडौं - १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा परिवारले २७ दिनपछि शव बुझेका छन् ।
भेरी पुल नजिकको सम्झिघाटमा आज दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
इनिशा फागुन २३ गते वीरेन्द्रनगर–१ मा मृत फेला परेकी थिइन् ।
घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक रूपमा घटनालाई शंकास्पद मानिए पनि पछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो ।
पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण र अन्य तथ्य संकलन गर्न समय लागेकाले शव लामो समय अस्पतालमै राखिएको थियो ।
कानूनी प्रक्रिया पूरा भएसँगै परिवारले शव बुझ्ने सहमति जनाएको प्रहरीले जनाएको छ । काठमाण्डौं लगायत जिल्लामा इनिशा मृत्यु प्रकरणमा संलग्नलाई छिटो पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रदशर्न गरिरहेका छन् ।

0 comment