काठमाडौ :काठमाडौं स्थितमा विभिन्न स्थानमा सञ्चालित टिकट काउन्टरहरूमा काम गर्ने व्यक्तिहरूले बस तथा सुमोमा चढी उपत्यका बाहिर जाने सर्वसाधारण यात्रुहरूलाई आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नु पर्छ भनी सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ४८ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।
प्रहरी वृत्त कालीमाटी तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं महानगरपालिका १४ बल्खु स्थितबाट १९ जना काठमाडौं महानगरपालिका १४जना ,प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्क स्थितबाट ५ जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरु माथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भटटराइले जानकारी दिनुभयो ।


0 comment