काठमाडौं - उच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज गरेको छ । उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले बस्नेतविरुद्ध परेको जबर्जस्ती करणीको रिट खारेज गर्दै जिल्ला सरकारी वकिल काठमाडौंको निर्णय सदर गरेको हो ।
शोभा पाठकले दायर गरेको रिटमा दाबी नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । जिल्ला सरकारी वकिल काठमाडौंको निर्णयविरुद्ध उनी उच्च अदालत गएकी थिइन् । प्रहरीले बस्नेतविरुद्ध पक्राउ अनुमति माग गरेकोमा काठमाडौं जिल्ला अदालतमा अनुमति दिएको थिएन ।


0 comment