काठमाडौँ —संसद् सचिवालयको आयोजनामा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बस्ने भएको छ । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले दिउँसो १ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बस्ने जानकारी दिएका छन ।
प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका दलहरूको बैठक सचिवालयले बोलाएको छ,’ महासचिव पाण्डेले बताए सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बैठक बस्ने बताइएको छ ।
प्रतिनिधि सभाको प्रतिनिधित्व गर्ने दल ६ वटा छन । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका छन् । दलहरूको बैठक बोलाएर सचिवालयले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्ने जनाइएको छ । सरकारको सिफारिसमा भोली १९ गते संघीय संसदको पहिलो बैठक बस्दैछ । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नु पर्ने कानुनी प्रावधान रहेको छ ।


0 comment