काठमाडौं - पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-मलेखु सडक खण्ड आजदेखि  राति ६ घण्टा बन्द हुने भएको छ । चैत १९ गतेसम्म राति १० बजेदेखि बिहानपख ४ बजेसम्म बन्द हुने भएको छ । नागढुंगा-मलेखु-मुग्लिन सडक विस्तारका लागि रातमा बन्द गरिएको हो ।

यो समयमा इच्छाकामना गाउँपालिका–४ मुग्लिन नजिक भित्ता काट्ने काम हुने सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले बताए ।  यसका लागि चितवन हुँदै काठमाडौं जाने बसलाई दासढुंगा आसपास , पोखराबाट काठमाडौं जाने बसहरु आँबुखैरनीमा  र काठमाडौंबाट जाने सवारी साधनहरुलाई फिस्लिङ आसपासमा रोकिने बताइएको छ ।