काठमाडौं - रेस्लर भगवती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । पीडित महिलाको चरित्र हत्या गरेको आरोपमा खड्कालाई आज काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको फोटमा अश्लील कमेन्ट गरेको आरोप छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।