रौतहट जिल्ला प्रहरी कार्यालय मतहत्को चपुर इलाका प्रहरी कार्यालयले बिगत १२ बर्ष देखि काठ तस्करी आरोपमा जिल्ला अदालत रौतहटले ६ महिना कैद सजाय तोकेका एकजना फरार प्रतिबादिलाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट जिल्ला गुजरा नगरपालिका अन्तवा निवासी अन्दाजी बर्ष ५० को जाजुल मन्सुरी रहेका छ्न।मन्सुरी १२ बर्ष देखि फरार रहेका रहेका ब्यक्ति थिए।
प्रतिवादीहरु अवैधरुपमा रुख काटी ओसारपसार गर्न प्रयोग गरीएका हतियार र मोटरसाइकल सहित मौकामा घटनास्थलबाट पक्राउ परेका थिए।
प्रतिवादीहरु आफुहरु घटनास्थलमा रहेको बयान गरेको थियो।
जिल्ला रौतहट, चन्द्रनिगाहपुर इलाका वन कार्यालयको क्षेत्रभित्र पर्ने पूर्वमा सरकारी वनजंगल, पश्चिमममा तुरतुरे धारा, उत्तरमा सरकारी वनजंगल र दक्षिणमा बाग्मती सिंचाई यति चार किल्ला भित्रको सरकारी जंगलमा मिति २०७०।१०।१७ गते विहान ५:३० बजे जुमराती मिया मंसुरी, क्यामुदिन मिया मंसुरी, जाजुल मिया मंसूरी, विन्देश्वर मुखिया, मनोज मिया मंसुरी, गुरु भन्ने गुड्डु विन समेतले सालका रुख ढाली गिंडा पारी मोटरसाइकलमा लोड गरीरहेको अवस्थामा पक्राउ गर्न खोज्दा जुमराती मिया र क्यामुदिन मिया पक्राउ परेको र जाजुल मन्सुरी सहित अन्य चारजना घटनास्थलबाट फरार भएका थिए।
बन प्रहरीले तस्करहरुको साथबाट मोटरसाइकल थान ३ र गोलिया काठ ७४.३४ क्यु फिट बरामद भएको थियो।
घटनास्थलबाट बरामद भएको बिगो रु रु.३७,१७०।- विगो मुल्याङन बराबारको काठ र प्रतिवादीहरु घटनास्थलबाट मोटरसाइकल, आरा र सहित मौकामा प्रतिवादी मध्ये जुमराती मियाँ पक्राउ परेको थिए।
घटनास्थलवाट पक्राउ परेको सँगै पक्राउ परेका क्यामदिन मिया तथा फरार रहेका जाजुल मियाँ प्रतिवादी मध्ये जुमराती प्रतिवादी समेत चारजना काठतस्करहरु, राँगा किन्ने बहाना गरी काठ चपुर वनक्षेत्रबाट लोडग गर्दा वन कर्मचारीले पक्राउ गर्न खोज्दा फरार भएका हुन् । जगलमा अचानक होहल्ला हँदा निजहरु भाग्न सफल भएका थिए।
प्रतिवादीहरुलाई बने ऐन २०४९ को दफा ४९ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ५०(१) (घ) (४) बमोजिम सजाय हुन र बरामद भएको काठ ऐ.ऐनको दफा २०११४छ) वमोजिम बरामद भएको मोटरसाइकल थान ३र आरा थान १ समेत ऐ. ऐनको दफा ६६ बमोजिम जफत हुने गरी ६ महिना कैद सजाय सुनाएको थियो।
काठ तस्करी मुद्धाका आरोपी मध्य ३ जनाले सजाय भुक्तान गरेर छुटी सकेका छन भने जाजुल मन्सुरी सहि ३ जना फरार अवस्थामा रहेका थिए।
फारार प्रतिबादी जाजुल मन्सुरीलाई इलाका प्रहरी चपुरको टोलिले उनको घरमा लुकि छिपी बस्दै आइरहेको सुचना पाए पछि घर बाटै पक्राउ गरेको र सजाय भुक्तानको लागि अदालत बुझाउने इलाला प्रहरी कार्यालय चपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रुप लाबुङ्ग्ले जानकारी दिनु भयो।


0 comment