काठमाडौं - सम्पत्ति शुद्धीकरण मुद्दामा प्रकाउ परेका पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना भएका छन् ।  खड्कालाई आज बिहान ३ बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो। बेड नं १०२९ मा उनको उपचार भइरहेको छ ।

आइतबार प्रहरीले पक्राउ गरेका खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । पूर्वऊर्जान्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको बताइएको छ ।

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।जेनजी आन्दोलन दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा पनि त्रिवि शिक्षण अस्पतालमै भर्ना भएका छन् ।