काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे र लापसे चेक जाँच गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले यस्तो माग गरेका हुन् ।
'प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ, उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'सांसदहरूको पनि गर्नुपर्छ देशको स्वास्थ्यको लागि यो अनिवार्य छ ।' मन्त्री र सांसदहरुले दैनिक मापासे र लापसे सेवन गर्ने गरेको आरोप लागिरहँदा उनले यस्तो माग गरेका हुन् ।


0 comment