काठमाडौं - नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वग्रहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको विरोधमा देशैभर प्रदर्शन गरेको छ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले देशभर आन्दोलन अझै सशक्त बनाएर अघि बढाउने चेतावनी दिएका छन्।

बस्नेतले प्रदर्शनका क्रममा प्रहरीबाट भएको दमनको विरोधमा भोलि १२ बजे जिल्ला सदरमुकामहरूमा आन्दोलन गर्ने बताए । एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई 'पूर्वाग्रह र प्रतिशोध' भनेको छ र तत्काल रिहाइको माग गरेको छ।

प्रहरीबाट दमन भएको बताउँदै बस्नेतले यही अवस्था रहिरहे भोलि देशभर आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।  आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमालेले आजैबाट प्रदर्शन थालेको छ ।