काठमाडौं - कपिलवस्तुमा तीन दिनदेखि जारी निषेधाज्ञा मंगलबार बिहानबाट हटाइएको छ। शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको तथा नागरिकको दैनिकी सहज बनाउन आवश्यक देखिएकाले निषेधाज्ञा हटाइएको  जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए।

निषेधाज्ञा हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। महाराजगन्ज नगरपालिका–२, वरदवा क्षेत्रका बजार व्यवसाय खुल्न थालेका छन्।  चैत ७ गते जिल्लाको महाराजगञ्ज नगरपालिका-२ अन्तर्गत वर्गदामा भएको घटनापछि निषेधाज्ञा जारी गरिएको थियो । विवाद बढ्दै जाँदा दुई समुदायबीच झडपका भएको थियो।