काठमाडौं - करिब दुई तिहाई बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकार गठनका लागि पार्टीमा छलफल थालेको छ । रास्वपाका ४ शीर्ष नेताहरुबीच बिहीबार छलफल भएको छ । 

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापति डीपी अर्याल र  उपसभापति स्वर्णीम वाग्लेबीच सरकार गठनलगायतका विषयमा छलफल भएको हो । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र दिएर राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाएसँगै रास्वपाले नयाँ सरकार गठनलाई तीव्रता दिएको हो ।

वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने पक्का भए पनि अन्य को-को मन्त्री बन्ने भन्ने टुंगो लाग्न बाँकी रहेको छ । उपसभापति वाग्लेले सार्वजनिक गरेको छलफलको तस्विरमा रवि र बालेनले कालो रङको कपडा लगाएका छन् भने उपसभापतिद्वय वाग्ले र अर्यालले सर्ट,पाइन्ट र कोट लगाएका छन् ।