काठमाडौं - स्थानीय बजारमा आज सुनको मूल्य दुई हजारले बढेको छ भने चाँदी मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा मूल्यवृद्धि भई आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको छ ।
हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको थियो । सोमबार एक तोला सुन रु तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४१० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


0 comment